तपाईको यात्राको योजना गर्नुहोला

हाम्रो यात्रा योजना, समतालिकाहरु र मेरो ट्रान्सलिंङ्क यापस् तपाईको यात्रा गन्तब्यमा पुग्नको लागि प्रयोग गर्नुहोला। तिनिहरु प्रयोग गर्न सजिलो छ र सार्वजनिक यातायात समात्नकोलागि कुनै पनि चिन्ता हुँदैन।

हामी विशेष सेवाहरु समारोहको दिनको लागिकार्यालय समय पछाडी सम्पन गर्दछौं। अग्रीम नै योजना गर्न सम्झनुहोलाः यी विशेष सेवाहरु कहिले संञ्चालन हुन्छ हेर्नुहोला, ती कति कति समयमा चल्छन् र कहाँ लिनु पर्दछ हेर्नुहोला।

हामी संग यात्रा गर्नुहोला

दक्षिण पूर्व र क्षेत्रीय क्वीन्सल्याण्ड वरिपरी घुम्न सार्वजनिक यातायात प्रयोग गरेर हुन्छ सजिलो।

तपाईले यात्रा गर्ने दिनमा ट्रान्सलिंङ्कको वेभसाईट हेर्न नभुल्नुहोला - त्यहाँ सेवाहरुको अदलबदल हुन सक्दछ जसले तपाईको यात्रालाई असर पार्न सक्दछ।

हामीसंग तलका बारेमा जानकारी छन्ः

टिकेटहरु र शुल्कःहरु

टिकट

तपाईले गो कार्ड प्रयोग गरेर दक्षिण पूर्वी क्वीन्सल्याण्डमा ट्रान्सलिंङ्क प्रयोग गरेर यात्रा गर्न सक्नुहुनेछ, Q कार्ड, गोल्डकोष्ट गो एक्सपोलर कार्ड वा कागजको टिकेट हेर्नुहोला

  • गो कार्ड (go card) एकोहोरो कागजको टिकेट भन्दा कम्तिमा पनि ३० प्रतिशत सस्तो हुनेछ। यो प्रयोग गर्न सजिलो छ यसमा सहिभाडा आफसेआफ हिसाब गरिनेछ त्यसमा सारेको, व्यस्त नहुने समयमा गरेको यात्रा र नियमित प्रायोग गरेको छुट(सहुलियत) जुन तपाईले पाउनु पर्ने थियो त्यो हिसाब हुनेछ र अनि तपाईको कार्डको व्यालेन्स बाट कटाईनेछ। रकम थप्न तपाईको नजिकको गो कार्ड स्थान वा आफसेआफ थपिने व्यस्था मिलाउनुहोा तसर्थ तपाईले जहिले यात्रा गर्दा पनि पर्याप्त रकम हुनेछ।
  • seeQ कार्ड यात्राको लागि सजिलो उपाय र दक्षिण पूर्वी क्वीन्सल्याण्ड मा अन्वेशण गर्न सजिलो हुनेछ। एउटा seeQ कार्ड ले, तपाईले ३ देखी ५ दिन कुनैपनी ट्रान्सलिङ्क सेवामा यात्रा गर्न सक्नुहुनेछ।
  • Gold Coast go explore card गोल्डकोष्ट घुम्न आउनेहरुकोलागि अत्यन्तै राम्रो छ। यसले एक दिनको असिमित यात्रा बसहरु र ट्रामहरु, थिम पार्क र गोल्डकोष्ट एअरपोर्ट लगायत यात्रा गर्न सक्नुहुनेछ, केवल गोल्डकोष्टको लागि मात्र।
  • कागजको टिकेट कहिलेकां वा छोटो समय घुम्न आउनेहरुकोलागि एकतर्फी टिकेट सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ जुन बस, रेल, पानीजहाज र ट्राममा प्रयोग गर्न सकिन्छ। तपाईले एकतर्फी कागजको टिकेट बसमै र पानीजहाज र रेल र ट्राम स्टशनहरुमा किन्न सक्नुहुनेछ।

go कार्ड क्षेत्रिय क्वीन्सल्याण्डमा उपलब्ध किन्न छैन। सार्वजनिक यातायातमा कागजको टिकेट किन्नकोलागि उपलब्ध छ।

भाडाहरु

भाडाहरु तपाई काति क्षेत्रमा जाने हो त्यसमा भर पर्दछ हालको भाडादर हेर्नुहोला

एउटा सहुलितदरको भाडा वयस्कहरुको भन्दा ५०% भाडा सस्तो हुन्छ र कुनै कुनै सहुलियत भाडा कार्ड वहाकहरु निशुल्कः भाडामा ट्रान्सलिंङ्कमा र qconnect, र क्षत्रिय पानिजहाज सेवाहरु यात्रा गर्न पाऊँदछ।

दक्षिण पूर्वी क्वीन्सल्याणडमा तपाईहरुको यात्रा गर्ने क्षेत्रहरुको पैसा कतिलाग्छ भनेर हिसाब गर्न सब भन्दा तलको क्षेत्र बाट, ठुलो क्षेत्रमा,घटाउनुहोला र एउटा जोड्नुहोला।

तपाईले निश्चित यात्राको भाडा यात्रा योजना प्रयोग गरेर हिसाब गर्न सक्नुहुनेछ।

ट्रान्सलिंङ्कको बारेमा

हामी बस, रेल, पानि जहाज र ट्राम सेवाहरु समायोजित गर्दछौ र ग्रहाक जानकारी, टिकेट र सार्वजनिक संरचना उपलब्ध गराउन जिम्बेवार छौ।

ट्रान्सलिंङ्कको नेटवर्कले दक्षिण पूर्वी क्वीन्सल्याण्ड(ब्रिजवेन, ईपस्वीच, सनसाईन कोष्ट र गोल्ड कोष्ट क्षेत्रहरु लगाएत) ईलाका समेट्दछ। हामी छनौट गरिएका क्षत्रिय क्वीन्सल्यण्डमा पनि हामी सेवाहरु उपलब्ध गराछँदछौ।

दक्षिण पूर्वी क्वीन्सल्याण्ड

ट्रान्सलिंङ्कको दक्षिण पूर्वी क्वीन्सल्याण्डको ८ क्षेत्रहरुमा संञ्चालित छन्, जुनचाँहि ग्याम्पी देखी उत्तरी दक्षिणमा कोलानगाट्टा र पश्चिममा हेलिडोन सम्म फैलिएकोछ।

क्षेत्रिय क्वीन्सल्याण्ड

हाम्रो नेटवर्कले क्वीन्सल्याण्डको क्रेन, मकाए टोवोम्बा र टाउन्सभिल लगाएतका क्षेत्रिय ईलाकाहरु समेट्दछ।

हामीलाई सम्पर्क गर्नुहोला

यदि तपाई संग कुनै पनि प्रश्न, उजुरी वा हाम्रो नजरमा कुनै पनि कुरा ध्यानाकर्षित गर्न परेमा हाम्रो प्रतिकृया फारम(feedback form) भर्नुहोला - यदि तपाईको प्रश्न तपाईको go कार्डको बारेमा भएमा, गोपनियताको कारणले गर्दा तपाईले हामीलाई फोन गर्नु पर्नेछ।

अष्ट्रेलियाको जहाँकहींबाट १३ १२ ३० मा फोन गर्नुहोला अथवा अष्ट्रेलिया बाहिर ‌बाट + ‌६१ ७ ३८५१ ८७०० मा फोन गर्नुहोला। यदि तपाई अंग्रजी बोल्नुहुन्न भने तपाईले तिनतर्फी कुराकानी दोभाषे राखेर गर्न सक्नुहुनेछ।

हामी यहाँहरुको प्रश्नको जवाफ Facebook, Twitter, वा ब्रिजवेन पर्यटक जानकारी केन्द्र(Brisbane Visitor Information Centre) मा आफै आएर पनि सोध्न सक्नुहुनेछ।

महत्वपूर्ण जानकारी